काठमाडौं- आइपिएल अन्तर्गतको ५६ औं खेल मुम्बइ इन्डियन्स र सनराजर्स हैदराबादबीच हुँदैछ। हैदराबादले टस जितेर बलिङ पहिले गर्ने फैसला गरेको छ। यो खेलसँगै प्लेअफमा पुग्ने चौथो टिमको फैसला समेत हुनेछ।
यदि हैदराबादले यो खेल जितेमा प्ले–अफका लागि क्वालिफाइ यदि हार्यो भने कोलाकाता नाइ राइडर्स प्ले–अफमा पुग्नेछ।
मुम्बईका दुई स्टार बलरलाई रेस्ट दिइएको छ। आइपिएलमा सवैभन्दा धेरै विकेट लिने खेलाडिको दोस्रो नम्बरमा रहेका जसप्रति बुमराह र अर्का ट्रेन्ट बोल्टलाई आराम दिइएको हो। यसले हैदराबादलाई प्ले–अफमा पुग्ने बाटो केही सजिलो बनाउन सक्छ। उता कोलकाता प्लेअफमा पुग्न मुम्बइको खेलमा भर पर्नुपर्नेछ। मुम्बइले तीन स्टार खेलाडिलाई दिएको आरामले हैदराबादका फ्यान बेखुशी छन्।
मुम्बईबाट जेम्स पेटिन्सन् र धवल कुलकर्णी टिममा छन्। हैदराबादले भने अभिषेक शर्माको ठाउँमा प्रियम गर्ग ल्याएको छ।
मुम्बईको प्लेइङ ११ मा रोहित शर्मा (कप्तान), क्विंटन डिकक (विकेटकीपर), सूर्यकुमार यादव, सौरभ तिवारी, ईशान किशन, क्रुणाल पान्ड्या, किरोन पोलार्ड, नाथन कूल्टर-नाइल, राहुल चाहर, जेम्स पेटिन्सन र धवल कुलकर्णी छन्।
हैदराबादमा डेविड वार्नर (कप्तान), ऋद्धिमान साहा (विकेटकीपर), मनीष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समद, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा र टी नटराजन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।