काठमाडौं- अर्थ मन्त्रालयले बिमा समितिबाट जारी भएका कोरोना बिमालेख बमोजिमको दाबी गरेका बिमितहरुको बिमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ।
कोरोना बिमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएपछि बिमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बिमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा भएको बैठकपछि एक हप्ताभित्र बिमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बिमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताए।
यसैगरी कोरोना बिमा दावी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था पनि तत्काल मिलाउन निर्देशन दिएको हो।
यस्तै कोरोना बिमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।
छलफलमा बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।