काठमाडौं- एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान पिपिई सेट सहयोग गरेको छ। सोमबार एक्सन एडले कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने पिपिई स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको हो।
एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ती स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन्।
हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा पिपिई उपलब्ध गराइएको जानकारी दिइन्। जसको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको पनि उनको भनाइ छ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालयमार्फत सहयोग गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।