काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा समूह चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच मंगलबार बेलुका पौने ८ बजे खेल हुँदैछ। जसमा हैदराबादसँगै कोलकाता नाइट राइडर्सको भाग्य जोडिएको छ।
शीर्ष स्थानमा रहेको मुम्बईको पहिलो क्वालिफायर पक्का भइसकेको छ। मुम्बईले दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्ससँग पहिलो क्वालिफायर खेल बिहीबार बेलुका खेल्नेछ। जसमा विजेता टिम फाइनल पुग्नेछ भने पराजित टिमले दोस्रो क्वालिफायर खेल्नेछ।
दोस्रो क्वालिफायरमा पुग्नका लागि अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहने टिमले इलिमिनेटर खेल खेल्नेछन्। इलिमिनेटरका लागि रोयल च्यालेन्जर्स बैंग्लोरको स्थान पक्का भइसकेको छ भने हैदराबाद र कोलकाता मध्ये एक टिम इलिमिनेटरमा पुग्नेछन्, जसको फैसला मंगलबारको खेलले हुनेछ।
अहिले १३ खेलमा १२ अंक रहेको हैदराबादको नेट रन रेट (०.५५५) रहेको छ। १४ अंक रहेको कोलकाताको नेट रन रेट (–०.२१४) रहेको छ। यसैले हैदराबादले खेल जितेमा नेट रन रेटमा कोलकातालाई पछि पार्दै अघि बढ्नेछ। कोलकाताभन्दा नेट रन रेटमा अघि रहँदै १४ अंकका साथ नै बैंग्लोरले इलिमिनेटर खेल पक्का गरेको हो। बैंग्लोरको नेट रन रेट (–०.१७२) रहेको छ।
हैदराबाद र मुम्बईबीच यसअघि भएको खेलमा हैदराबाद ३४ रनले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको मुम्बईले २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको सनराइजर्सले १७४ रन मात्र बनाउन सकेको थियो।
यस्तो छ सम्भावित ११
मुम्बई इन्डियन्स – इशान किसान, क्वान्टन डि कक÷क्रिस लिन, सूर्यकुमार यादब, सौरभ तिवारी, कायरन पोलार्ड, कुर्नाल पान्ड्या, नाथन कोल्टर नाइल, जयन्त यादव, राहुल चाहर, ट्रेन्ट बोल्ट÷मिचेल म्याक्लेनेघन, जसप्रित बुमराह÷धवल कुलकर्णी
सनराइजर्स हैदराबाद – डेभिड वार्नर, ऋद्धिमन शाह, केन विलियम्सन, मनिष पाण्डे, अबदुल सामद, अभिषेक शर्मा, ज्यासन होल्डर, रसिद खान, शाहबाज नदिम÷खलिल अहमद, सन्दीप शर्मा, टी नटराजन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।