काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना ३० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
महादेवा- ६, सप्तरी घर भई हाल धरान उपमहानगरपालिका- १८, सुनसरी बस्ने पुरुषको उपचारका क्रममा साेमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालको इमर्जेन्सीमा भर्ना भएका उनको साेमबार नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।