काठमाडौं- देशमा पछिल्लो २४ घण्टामा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये ६८ प्रतिशतभन्दा बागमती प्रदेशमा मात्र भएको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार सोमबार देशभरमा २ हजार ९३३ जना संक्रमित पुष्टि भएकोमा बागमती प्रदेशमा मात्र २००३ जना छन्। बागमतीमा भेटिएका संक्रमितको संख्या देशभरको अनुपातमा ६८.२९ प्रतिशत हो।
बागमतीको काठमाडौं उपत्यकामा मात्र सोमबार १ हजार ६३० जना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा १ हजार ३ सय २९ जना, भक्तपुरमा १ सय ८ जना र लतलिपुरमा १९३ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै बागमतीकै काभ्रेमा ८५, चितवनमा १ सय ६८, दोलखामा ८, धादिङमा १४, नुवाकोटमा १९, मकवानपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १ सय ९३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोक जिल्लामा २७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, सुनसरीमा ८५, सोलुखुम्बुमा २९ र संखुवासभामा २ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६, रौतहटमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय २७, गोरखामा ४६, तनहुँमा १३, नवलपरासी पूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बाग्लुङमा ६ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा ६४, नलवपरासीमा २१, प्युठानमा १, बर्दियामा ८, बाँकेमा २०, रुपन्देहीमा १ सय ४६ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको डोल्पामा १, दैलेखमा ७, सल्यानमा १ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १२, कैलालीमा २६, डडेल्धुरामा ७ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ९ सय ३३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पूर्ण विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।