काठमाडौं- २ पैसा जग्गा र त्यसमा बनेको २ तले घरमा व्यक्तिले स्वामित्व दावी गरेपछि थापाथली कालमोचन घाट क्षेत्र पुनर्निर्माणमा समस्या आएको छ।
यो घर काठमाडौंको थापाथली पुलको मुखैमा छ। पुनर्निर्माणका क्रममा घरको काम त्यही घरमा पुगेपछि खन्ने क्रममा जगको तल्लो भागमा चिल्ला ढुङ्गाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इटाको पर्खाल छ। त्यसमाथि काठ ईंट्टा र सिमेन्ट प्रयोग गरेर बनाइएको २ तले घर छ। यो घरको स्वामित्व आफूसँग भएको दावी गर्दै एक व्यक्तिले लालपूर्जासहित स्वामित्व दावी गरिरहेको वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको बागमती नदी किनार सुधार परियोजनाअन्तर्गत काम गर्ने क्रममा व्यक्तिले दावी गरेको संरचनामा पुगेपछि काम रोकिने अवस्था आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।