काठमाडौं- कोरोना संक्रमणको हिसाबले बढी जोखिमको उमेर समूह मानिने ८० वर्षमाथिका करिब १५ जना नेपालीमा कोरोना संक्रमण भएको छ। यो उमेर समूहका १५ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यीमध्ये ८६८ पुरुष र ६४३ महिला छन्।
देशभर १ लाख ७० हजार ७ सय ४३ जना संक्रमित हुँदा ८० माथिका संक्रमितको संख्या १५ सय ११ पुगेको हो। हाल देशभर ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्। नेपालमा हालसम्म ९ सय ३७ जना संक्रमितको ज्यान गएको छ।
जिल्लागत रूपमा ८० वर्षमाथिका संक्रमितको तथ्यांक
सिन्धुपाल्चोक ७
काभ्रेपलान्चोक २०
ललितपुर १२९
भक्तपुर ९१
काठमाडौ ६८६
नुवाकोट ६
धादिङ ११
सिन्धुली ३
रामेछाप ३
डोल्पा ४
मकवानपुर १८
चितवन ६३
तनहु ९
इलाम ३
लमजुङ १
बर्दिया ३
कैलाली ८
स्याङजा ५
रोल्पा १
डोटी १
बाग्लुङ २
सुनसरी ७१
दोलखा ४
महोत्तरी १
कास्की २४
उदयपुर ४
रौतहट १
संखुवासभा १
सल्यान १
रुपन्देही ५६
ताप्लेजुङ १
धनुषा ८
पर्सा १४
नवलपरासी १९
सिन्धुली ३
दाङ ६
चितवन ६३
पर्वत १
सुर्खेत १०
बाँके १२
नवलपरासी ६
कालिकोट २
बारा ६
मोरङ १०४
दैलेख ५
कञ्चनपुर १
सर्लाही १३
अर्घखाँची १
गोरखा ६
झापा ४०
दार्चुला १
मुस्ताङ १
रुकुम पश्चिम १
सिराहा ५
कपिलवस्तु ६
पाल्पा २
ओखलढुङ्गा १
सप्तरी ३
गुल्मी २
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।