काठमाडौं- कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक खण्डको स्तरोन्नतीका लागि टेन्डर आह्वान गरिएको छ। कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक परियोजना)ले आइतबार सूचनामार्फत टेन्डर आह्वान गरेको हो।
उत्तर–दक्षिण सीमा नाका जोड्ने गरी सरकारले राष्ट्रिय गौरवमा राखेर काम अघि बढाएको हो। कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा–बेली खण्डको १४ किलोमिटर स्तरोन्नती हुन लागेको हो।
टेन्डर दाखिला गर्न इच्छुक ठेकेदार कम्पनीहरुले ३० दिन भित्र निवेदन दिनुपर्ने छ। सो सडक खण्ड स्तरोन्नतिका लागि करिब १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।