• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

रोमाञ्चक आइपिएल : अब ६ टिमको प्रतिस्पर्धा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १६, २०७७  १३:४३
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा समूह चरणका अन्तिम खेलहरु रोमाञ्चक अवस्थामा पुगेका छन्। मुम्बई इन्डियन्स पहिलो क्वालिफायरका लागि छनोट भएको प्रतियोगितामा तीन पटकको उपाधि विजेता र पाँच पटक फाइनलमा पराजित चेन्नई सुपर किंग्स पहिलोपटक समूह चरणबाट बाहिरियो। 

सबै टिमले समूह चरणमा अन्तिम खेल खेल्न बाँकी छ। मुम्बईसँग पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्न अंक तालिकामा दोस्रो स्थानमा रहने टिमका साथै इलिमिनेटर खेलका लागि तेस्रो र चौथो स्थानमा रहने टिमको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ। 

जसमा रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद, किंग्स इलाभेन पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्समध्ये तीन टिम अघि बढ्न सक्नेछन्। जसमा समान १४ अंक रहेका बैंग्लोर र दिल्ली नै अन्तिम खेल खेल्दैछन्। जसमा विजेता टिम १६ अंकसहित पहिलो क्वालिफायरमा मुम्बईसँग खेल्नेछ। 

अंक तालिकामा शीर्ष स्थानमा र दोस्रो स्थानमा रहने टिमले खेल्ने पहिलो क्वालिफायरको विजेता टिम फाइनल पुग्नेछ। पहिलो क्वालिफायरमा पराजित टिमले दोस्रो क्वालिफायर खेल्न पाउनेछ। जसमा तेस्रो र चौथो स्थानमा रहने टिमबीचको इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर हुनेछ। 

अब समूह चरणको अन्तिम खेलमा चेन्नई र पञ्जाब, कोलकाता र राजस्थान, दिल्ली र बैंग्लोर साथै हैदराबाद र मुम्बई खेल्नेछन्। शीर्ष स्थानको मुम्बईको १८ अंक, दोस्रो स्थानमा रहेको बैंग्लोर र तेस्रो स्थानमा रहेको दिल्लीको समान १४ अंक छ। त्यसपछि सम्भावना रहेका चार टिमको समान १२ अंक रहेको छ। यसैले तेस्रो र चौथो स्थानमा पर्न नेट रन रेटमा प्रतिस्पर्धा हुनेछ। 

कुन टिमको अवस्था के? 

किंग्स इलाभेन पञ्जाब -  अंक १२, नेट रन रेट (-०.१३३) 
पञ्जाबले अन्तिम खेलमा आइतबार दिउँसो पौने ४ बजे चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ। १३ खेलमा १० अंक रहेको चेन्नई प्रतियोगिताबाट बाहिरिइसकेको छ। यसैले यसमा दबाब पञ्जाबमाथि नै हुनेछ। पञ्जाबका लागि चेन्नईविरुद्धको जितका साथै अगाडि बढ्न नेट रन रेटमा पनि भर पर्नुपर्ने हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

राजस्थान रोयल्स - अंक १२, नेट रन रेट (-०.३७७)
राजस्थान रोयल्सले अन्तिम खेलमा आइतबार बेलुका पौने ८ बजे कोलकाता नाइट राइडर्ससँग खेल्नेछ। अहिले नै खराब नेट रन रेटका कारण राजस्थानका लागि आफ्नो जितका साथै हैदराबाद र पञ्जाबले अन्तिम खेल हार्दा सहज हुनेछ। यदि हैदराबद र पञ्जाबमध्ये एक टिमले आफ्नो खेल जितेमा राजस्थान अगाडि बढ्न राम्रो नेट रन रेट आवश्यक हुनेछ। हैदराबाद र पञ्जाब दुबैले जितेमा पनि राम्रो नेट रन रेट बनाएर राजस्थान अघि बढ्ने सम्भावना भने रहन्छ नै। 

कोलकाता नाइट राइडर्स - अंक १२, नेट रन रेट (-०.४६७) 
कोलकाताले अन्तिम खेलमा आइतबार बेलुका पौने ८ बजे राजस्थान रोयल्ससँग खेल्दैछ। यसैले राजस्थान र कोलकाताको अवस्था उस्तै देखिन्छ। यसैले राजस्थानका लागि जस्तो परिस्थिति आवश्यक छ कोलकाताका लागि पनि ठीक उस्तै छ। आफ्नो जितका साथै राम्रो नेट रन रेट बनाउनुपर्ने हुन्छ। 

रोयल च्यालेन्जर्स बैंग्लोर - अंक १४, नेट रन रेट (-०.१४५) 
बैंग्लोरले समूह चरणको अन्तिम खेलमा सोमबार बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ। दुवै टिमको समान १४ अंक छ। यसैले यो खेलको विजेता टिम १६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहँदै मुम्बईसँग पहिलो क्वालिफायर खेल्नेछ। यदि बैंग्लोरले दिल्लीसँगको खेल हारेमा अरु खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ। यदि हैदराबाद र पञ्जाबले आफ्नो खेल जितेमा बैंग्लोरको १४ अंक अघि बढ्नका लागि पर्याप्त हुने छैन। यसैले बैंग्लोरले आफ्नो खेल हारेमा हैदराबाद र पञ्जाबको अवस्थाले ठूलो अर्थ राख्नेछ। हैदराबाद र पञ्जाब दुबै हारेमा १४ अंक नै पर्याप्त हुनेछ। 

दिल्ली क्यापिटल्स - अंक १४, नेट रन रेट (-०.१५९) 
दिल्लीले आफ्ना पछिल्लो चार खेल हार्दा नेट रन रेटमा अवस्था खराब बनाएको छ। पहिलो १० खेलसम्म ०.७७४ को नेट रन रेटमा रहेको दिल्लीले पछिल्लो तीन खेलमा नै ०.९३३ ले नेट रन रेट कम गर्न पुग्यो। दिल्लीले अन्तिम खेलमा बैंग्लोरलाई जितेमा दोस्रो स्थानमा रहने पक्का हुनेछ। अन्य अवस्था बैंग्लोरको जस्तै रहेको छ। 

सनराइजर्स हैदराबाद - अंक १२, नेट रन रेट (०.५५५)
हैदराबादले अन्तिम खेलमा शीर्ष स्थानमा रहेको मुम्बईसँग मंगलबार पौने ८ बजे प्रतिस्पर्धा गर्नेछ। प्रतिस्पर्धामा रहेका अन्य टिमको तुलनामा नेट रन रेट राम्रो रहेकाले हैदराबादका लागि मुम्बईसँगको जितले अगाडिको बाटो आफ्नै भरमा हुनेछ। यो समूह चरणको अन्तिम खेल भएकाले यही नतिजामा अरु टिमको अवस्थासमेत भर पर्नेछ। 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य
सम्बन्धित सामग्री
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार बिहीबार नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भयो । यसअघि पहिलो खेल मंगलबार नामिबियासँग ८ विकेटले हारेको थियो । यस हारसँगै नेपालको... बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मात्र ४४ दशमलव ४ ओभरमै मात्र १५७ रन बनाएर अलआउट भयो । बिहीबार, साउन ७, २०८३
विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध टस हार्‍यो नेपाल, पहिले ब्याटिङ गर्दै आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नामिबियाविरुद्धको खेलमा रहेका नन्दन यादवलाई आज बेन्चमा राखिएको छ भने उनको स्थानमा स्... बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार बिहीबार, साउन ७, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्