काठमाडौ–विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर सनराइजर्स हैदरावादसँग पराजित भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति शारजहाँमा भएको खेलमा बैंग्लोरलाई सनराइजर्स हैदरावादले पाँच विकेटले पराजित गरेको हो। आइपिएलमा बैंग्लोरको यो छैटौँ हार हो।
बैंग्लोरले प्रस्तुत गरेको १२१ रनको लक्ष्य हैदरावादले मात्र १४ ओभर एक बलमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि ऋद्धिमन साहले ३२ बलमा ३९ तथा मनिष पाण्डे र ज्यासन होल्डरले समान २६ रन बनाए।
यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले सात विकेटको क्षतिमा १२० रनमात्रै बनाउन सक्यो । उसका लागि जोस फिलिप्सले ३१ बलमा ३२, एबी डी भिल्लियर्सले २४ बलमा २४ तथा वासिङ्गटन सुन्दरले १८ बलमा २१ रन बनाए ।
विजयी भएको हैदरावाद १२ अंकसहित चौथो स्थानमा छ। पराजित भएको बैंग्लोर १४ अंकसहित दोस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।