काठमाडौं– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह दम्पत्तिलाई कोरोना संक्रमण देखिएको छ। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।ब
सामान्य ज्वरो र पखाला लागेपछि शंका लागेर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको हो। हाल स्वास्थ्य अवस्था भने सामान्य छ।
मन्त्री शाहकी पत्नी लक्ष्मी भट्ट र सवारी चालकलाई पनि संक्रमण देखिएको छ । उनीहरु धनगढीस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका छन्।
यसअघि करिब १५ दिन अगाडि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सवारी चालकमा पनि संक्रमण देखिएको थियो। उनैबाट सरेको हुन सक्ने आशंका गरिएको छ। यसबीचमा मन्त्री शाह दसैं मनाउन गृहजिल्ला बाजुरा पुगेका थिए। त्यहाँ कार्यकर्ता र आफन्तसँग समेत भेटघाट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।