काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएएल अन्तर्गत) शनिबार अपराह्न भएको खेलामा मुम्बई इन्डियन्ससँग दिल्ली क्यापिटल्स ९ विकेटले पराजित भएको छ। दिल्लीको यो लगातार चौथो हार हो। सबैभन्दा पहिलो प्लेअफको नजिक पुगेके दिल्ली क्यापिटल्सको यात्रा मुश्किल देखिएको छ। आगामी खेल रोयल च्यालेन्जर्स बेंग्लोरसँग छ। यसपल्ट निकै लयमा रहेको बेंग्लोरसँग जित्न दिल्लीलाई निकै परिश्रम गर्नुपर्ने हुन्छ।
जितसँगै मुम्बई इन्डियन्स भने १८ अंकसहित अंक तालिकाको अग्रपंंक्तिमै रहेको छ। दुबईमा भएको खेलमा दिल्लीले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। दिल्लीका कुनै पनि ब्याट्सम्यानले लय नपक्रिदा ११० रनमै समेटियो।
मुम्बईका लागि ओपनर ब्याट्सम्यान इशानकिसनले ७२ रनको पारी खेले। अन्तिममा छक्का प्रहार गर्दै १४ दशमलव २ ओभरमै खेल टुंग्याइदिए।
दिल्लीका बलरहरुको प्रदर्शमा पनि कमजोर रह्यो। दिल्लीका एनरिच नोर्जेले एक विकेट लिए। विकेट लिनेको तालिकामा सबैभन्दा माथि रहेको कागिशो रबाडाको पनि शनिबारको खेलमा जोर चलेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।