• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको उपचारका लागि आयुर्वेदिक औषधिको 'क्लिनिकल ट्रायल' गर्दै परिषद्

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १५, २०७७  १८:०९
1140x725

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक जडिबुटीको प्रभावबारे ‘क्लिनिकल ट्रायल’ गर्न लागिएको जानकारी दिएको छ। कोरोना संक्रमणको कुनै उपचार वा खोप पत्ता नलागेको अवस्था विभिन्न अध्ययन तथा अनुसन्धानका लागि क्लिनिकल ट्रायल गर्न लागिएको हो। परिषद्ले नै विभिन्न एलोपेथिक औषधिको पनि नेपालमा क्लिनिकल परीक्षण गरिरहेको छ।

परिषद्ले पहिलो पटक नेपालमा आयुर्वेद औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो। यसअघि अन्य विभिन्न अध्ययनहरु भए पनि आयुर्वेद औषधिको ‘क्लिनिकल ट्रायल’ भने भएको थिएन।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का आयुर्वेद कन्सलट्यान्ट एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), आयुर्वेद क्याम्पसका प्राध्यापक डा विष्णुदयाल पटेलको नेतृत्वमा आयुर्वेद औषधि येष्टीमधु (जेठीमधु) र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिको ‘क्लिनिकल ट्रायल’ गरिरहेको हो। यो औषधि येष्टीमधु (जेठीमधु) र त्रिकटु (मरिच, सुठो र पिप्ला) मिश्रण पाउडरमा हुन्छ। जसमा बनेको काडा वा चिया बिरामीलाई दिइन्छ। 

यो परीक्षण प्रदेश २ र प्रदेश ५ मा भइरहेको र एक महिनापछि यस अनुसन्धानबाट आएको नतिजा सार्वजनिक हुने डा पटेलले जानकारी दिए।

जेठीमधु र त्रिकुटबाट बनेको चिया जस्तो काडा बिहान र बेलुका खाना खानुअघि संक्रमितलाई दिइन्छ। यो औषधिले घाँटी खसखस हुने, चिलाउने, शरीर दुख्ने जस्ता समस्या कम गर्ने तथा भोक जगाउने काम गर्छ। कोरोना संक्रमितमा पनि यिनै लक्षणहरु देखा पर्ने भएकाले यो औषधिको परीक्षण गर्न लागिएको परिषद्ले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

डा. पटेलले भने, ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइने छ र ५० जनालाई दिइने छैन,’ त्यसबाट आयुर्वेद औषधि लिइएका र  अन्य औषधिबाट उपचार गरिरहेका बिरामीको तुलनात्मक अध्ययन गरी कुन औषधि कति छिटो संक्रमितको नेगेटिभ रिपोर्ट आयो भनेर हेरिने छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायका अनुसार यो सयौं वर्ष पहिलादेखि नेपालमा प्रयोग हुँदै आएको औषधि हो। पहिले मानिसहरुले रुघाखोकी, श्वासप्रश्वासको समस्या हुँदा घरमा पाइने यिनै जडिबुटी प्रयोग गर्ने गर्थे।

महानिदेशक उपाध्याय भन्छन्,‘ नेपालमा पहिलो पटक क्लिनिकल ट्रायल भइरहेको छ। यसले अन्य आयुर्वेद औषधिको अध्ययनमा बाटो खुलेको छ। कोभिड–१९ को उपचारका लागि ट्रायल भइरहेको यो औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीलाई दिने हो। संक्रमित गम्भीर छन् भने उनीहरुलाई अन्य उपचार जरुरी पर्छ।’ आयुर्वेदिक औषधि वा अन्य कुनै पनि औषधिले कोभिड–१९ निको पार्ने तथ्य अझ फेला परेको छैन। 

स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले ‘नेपालमा कोभिड–१९ को रोकथामका लागि तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका’ पनि जारी गरेको छ। जसमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्दतिले विभिन्न श्वासप्रश्वास तथा ज्वरो उपचार र व्यवस्थापन उपयोगी हुने उल्लेख छ। उक्त निर्देशिकामा रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि तुलसीको पात, सुठो, मरिच, दालचिनी, कालो किसमिसलाई खस्रो धुलो पारी २३ ग्रामको मात्रा १ कप  उमालेको पानीमा मिसाएर गुड वा कागतीको रस हाली चियाको रुपमा दिनको एक वा दुई पटक प्रयोग गर्न सकिने पनि सुझाव दिइएको छ। 

विभागले कोभिड–१९ सम्बन्धमा जारी गरेको एक सन्देशमा गुडुची (गुर्जो) ५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै पिउन, असुराको पात र बेसारलाई १ लिटर पानीमा पकाएर आधा बनाई पिउन, सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा भएपछि पिउन र तेजपात २ ग्राम, दालचिनी २ ग्राम आधा लिटर पनीमा पकाएर पिउन र नियमित योग गर्न पनि सुझाइएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ?
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्