काठमाडौं- नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५०८ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ।
हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्।
हालसम्म पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ४३ हजार ३४३ पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४ सय १० रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।