काठमाडौं–राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनका परिवारका सदस्यलाई पनि केही दिनअघि संक्रमण पुष्टि भएको थियो। शर्मा होम आइसोलेसनमा बसेका छन्।
स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।
महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि सङ्क्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेसनमा बसेका छन्। उनीहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।