न्युयोर्क- ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ निकायका अनुसार ७.० म्याग्निट्युडको भूकम्पको धक्का  महशुस गरिएकाे छ। भुकम्पकाे धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ।
हालसम्म मृत्युबारे कुनै खबर प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएका छन्।
टर्कीमा यसअघि पनि भूकम्प गइरहने गर्दछ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।