काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ७१ जना भेन्टिलेटरमा र ३०० जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९१ जना आइसियू र ५५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४० जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियू र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियूमा, गण्डकी प्रदेशमा १५ आइसियू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियू उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।