काठमाडौं–गण्डकी प्रदेशमा ६५ जना कोरोना संक्रमित थपिएका छन्। लाइफ केयर डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।
स्याङजाका ३, तनहुँका ३, पर्वतका १ र कास्कीका ५८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय १९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।