काठमाडौं–युरोपा लिगमा टोटेनहमले हार ब्यहोरेको छ। बिहीबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसँग टोटेनहम पराजित भएको हो। रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए।
डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेका थिए। टोटेनहमबाट २ सयौं खेल खेलिरहेका डेविसबाट बल खोस्दै डाइमुमेरसी म्बोकानीले लियोरलाई गोलका लागि बल उपलब्ध गराएका थिए।
प्रशिक्षक जोसे मौरिन्होले पहिलो हाफमा मुख्य चार खेलाडीलाई आराम दिएका थिए। तर दोस्रो हाफमा ह्यारी केन, सन ह्युङ मिन, लुकास मौरालाई मैदान प्रवेश गराए पनि टोटेनहमले हार टार्न सकेन ।
समूह जेको दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको टोटेनहमको ३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।