काठमाडौं–इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ।
दुबईमा भएको खेलमा कोलकाताविरुद्ध चेन्नाई ६ विकेटले विजयी भएको हो। चेन्नईले १७३ रनको लक्ष्य अन्तिम ओभरको अन्तिम बलमा छक्का हिर्काउँदै पूरा गर्यो।
चेन्नाईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रन बनाए। रविन्द्र जडेजा ३१ तथा साम करण १३ रनमा अविजित रहे। अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाएका हुन्।
यस्तै अम्बाती रायडुले ३८ तथा सेन वाट्सनले १४ रन बनाए। कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।