• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डले ओलीलाई भेट्न अनिच्छा देखाउनुका ५ कारण

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १३, २०७७  २३:३२
1140x725

काठमाडौं– नेकपा अध्यक्षद्वयबीचको संवादहीनताको अन्त्य गर्न नेकपाका तीन नेता असफल भएका छन्। नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएका थिए। प्रचण्ड सचिवालयका अनुसार तीनै जनालाई उस्तै जवाफ दिएर प्रचण्डले भेटप्रति अनिच्छा प्रकट गरेका हुन्। 

प्रचण्ड सचिवालयका एक सदस्यका अनुसार कोरोना संक्रमित नेता जनार्दन शर्मालाई आफूले भेटेका कारण बालुवाटार नजाने प्रचण्डको भनाइ थियो। तर, संकेतमा उनले प्रधानमन्त्री ओलीलाई भेट्नुका ‘अर्थ’ नभएको दर्शाएका छन्। आफ्ना निकटस्थ नेताहरुसँग कुरा गर्दा भेट्न नचाहेको बुझेपछि अध्यक्ष ओली आफैंले फोन समेत गरेका थिए। तर, प्रचण्डको जवाफ नफेरिएको बुझिएको छ।  

प्रधानमन्त्री ओलीसँग भेटवार्ता नै अस्वीकार गर्ने तहको असन्तुष्टिका पाँच कारण छन्। तीमध्ये पहिलो हो कर्णाली विद्रोह। त्यही विषयमा समान धारणा बनाउन दुई अध्यक्षबीच भेटवार्ता भएको थियो। उक्त विषयमा पनि साझा बुझाइ तय गर्न नसक्दा फरक प्रेस विज्ञप्ति सार्वजनिक भए भने बेग्ला–बेग्लै निर्देशन दिइए।

दुई अध्यक्षको छलफलबाट सहमति हुन नसकेपछि गत कात्तिक ४ गते एक्कासी प्रधानमन्त्रीले सचिवालयमार्फत् चार बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरे। लगत्तै अर्का अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवादमा कुनै सहमति नभएको भन्दै प्रधानमन्त्रीको खण्डन गर्‍यो।

कर्णाली विवादमा ओलीले दिएको चार बुँदे सहमतिको पत्र बोकेर सांसद यामलाल कँडेल सुर्खेत पुगे। गत कात्तिक ७ गते प्रचण्डपक्षीय मानिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अविश्वासको प्रस्ताव फेल गराए। तर, कँडेल पक्षले अध्यक्ष ओलीले दिएको पत्रलाई आधार बनाई विवाद सल्टाउनु पर्ने अडान राखिरहेको छ। 

तर, फेरि अध्यक्ष प्रचण्डले कात्तिक ७ गते नै अर्को विज्ञप्ति जारी गर्दै कर्णालीको विवाद कर्णालीकै नेताहरुले मिलाउनु पर्ने बताए। दुवै अध्यक्षले आ–आफ्ना विज्ञप्तिमार्फत् फरक÷फरक निर्देशन दिए। ओलीले मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्ताव फिर्ता लिने, निलम्बित प्रमुख सचेतक गुलावजंङ शाहलाई पुनर्बहाली गर्नुपर्ने, सीताकुमारी नेपालीलाई सचेतकमा फिर्ता गर्नुपर्ने र अरु पार्टी सहमति र समझदारी अनुसार गर्नुपर्ने भनियो। तर, प्रचण्डले त्यसको ठीकविपरीत त्यो विवाद सबै प्रदेश कमिटीलाई मिलाउन निर्देशन दिए। दुई अध्यक्षवीच चार बुँदे सहमति भएको विषयमा प्रचण्डले केही उल्लेख नै गरेका छैनन्। 

दशैंको छेकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद् पुनर्गठन गरिन्। ओलीले पार्टीभित्र सल्लाह गरेनन्। अर्का अध्यक्ष प्रचण्डलाई त सुइँको समेत दिएनन् र आफ्ना गुटका नेतालाई मन्त्री बनाएका छन्। मन्त्री बन्नेमध्येका एक लीलानाथ श्रेष्ठ त २०७० सालमा सिरहा-५ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा थिए।

विवादित बनेको मत परिणाममा अन्तिममा प्रचण्ड विजयी त भए तर उनलाई जिताउन गडबडी गरिएको आशंका गरिन्छ। त्यसपछि चर्चित बनेका श्रेष्ठलाई अहिले मन्त्री बनाएर ओलीले २०७० को ‘अन्याय’लाई ‘न्याय’मा बदलेको संकेत गरेका छन्। श्रेष्ठ मन्त्री बन्दा प्रचण्डलाई सहज महसुस हुने कुरा भएन। विष्णु पौडेल र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि ओली गुटकै हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि भएको राजदूत सिफारिस पनि पार्टीमा सल्लाह नगरी भयो। पूर्वअर्थमन्त्री तथा पूर्वमुख्यसचिवलाई राजदूत नियुक्ति गरेको भन्दै प्रचण्डलगायतका नेताहरु असन्तुष्ट थिए। सचिवालय बैठकमा आलोचना गर्ने रणनीति बनाए पनि बैठक बस्न सकेन। 

कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो। ओली समूहका कार्यकर्ता र चण्ड समूहका कार्यकर्ता बीच झडप भयो। मृतक प्रचण्ड समूहका हुन्। त्यसैले चौरसियाको हत्याको दोषीमाथि कारबाही गर्न प्रचण्डले सरकारसँग माग गरे।  गर्दै प्रचण्डले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

जघन्य अपराधमासमेत सम्बन्धित निकायले मुद्दा दर्ता गर्न आनाकानी गरेकोप्रति आश्चर्य व्यक्त गर्दै विज्ञप्ति निकाले। ‘दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु’, प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ।’

तर सरकारले प्रचण्ड पक्षले दिएको किटानी जाहेरी समेत लिन मानेक छैन। यही बीच स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री मातृका यावदसहित ३७ जना नेता कार्यकर्ताले हस्ताक्षरगरी पर्साको मुकेश चौरसिया हत्यामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अघिल्लो बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरे। उक्त भेटलाई लिएर पनि प्रचण्ड असन्तुष्ट छन्। प्रचण्ड निकटस्थ नेकपाकै केही नेताले सार्वजनिक रुपमा उक्त विषयमा असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  २३:३२
  • #प्रचण्ड
  • #केपीओली
  • #राजदूत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्