इस्लामावाद- पाकिस्तानले जिम्बावेसँगको पहिलो एकदिवसीय क्रिकेटका लागि टिमको घोषणा गरेको छ।
पाकिस्तानले बिहीबार बाबर आजमको कप्तानीमा १५ जना टिमको घोषणा गरेको हो। पाकिस्तानले शुक्रबार जिम्बावेसँग पहिलो एकदिवसीय खेल खेल्दै छ । पाकिस्तान र जिम्बावेबीचको खेल रावलपिन्डीमा हुनेछ।
घरेलु भूमिमा पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।