काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण भएको पुष्टि भएका करिब ७६ प्रतिशत संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको अनुपात ७५ दशमलव ८ पुगेको हो।
नेपालमा संक्रमण पुष्टि भएका एक लाख २४ हजार ८ सय ६२ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख १९ हजार ६४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ८ सय ८९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ९ सय ५२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।