डडेल्धुरा–सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
धनगढी उप–महानगरपालिका २ कि ५७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको जानकारी दिए।
उनलाई हिजो मात्र कोरोना पुष्टि भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।