काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा थप एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-१३ निवासी ३६ वर्षीया महिलाको बुधबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।
उनी कात्तिक ५ गते कोभिड संक्रमित भई उपचार केन्द्रको आइसीयुमा भर्ना भएकी थिइन्। उनलाई निमोनियाको समस्या थियो। योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।