काठमाडौं–चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ। समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके क्रास्नोडरलाई ४–० ले पराजित गर्न सफल भएको हो।
अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
चेल्सीका लागि ३७ औँ मिनेटमा कालम हड्सन ओडोइले गोल गरी सुरुवाती अग्रता दिलाए। ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा टिमो वेर्नरले गोल गरे।
७९ औँ मिनेटमा हकिम जियचले चेल्सीबाट आफ्नो पहिलो गोल गरे। ९० औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेपछि चेल्सी ४–० ले विजयी भयो।
सोही समूहअन्तर्गत भएको अर्को खेलमा सेभिल्लाले रिनेसलाई १–० ले पराजित गरेको छ। चेल्सी र सेभिल्ला दुवैको समान चार–चार अंक रहेको छ। उनीहरु क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।