काठमाडौं–विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार राति भएको खेलमा पराजित भएको छ।
अबुधाबीमा भएको खेलमा मुम्बई इन्डियन्सले बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको हो। १६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो ।
मुम्बईको जितमा सूर्यकुमार यादव नायक बने। उनले ४३ बलमा १० चौका र तीन छक्काको सहयोगमा नटआउट ७९ रन बनाए। यस्तै इशान किशनले १९ बलमा २५, क्वीन्टन डी ककले १९ बलमा १८ तथा हार्दिक पाण्डेयले १५ बलमा १७ रन बनाए ।
पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । उसका लागि देवदत्त पादिकलले ४५ बलमा १२ चौका र एक छक्काको सहयोगमा ७४ तथा जोश फिलिपेले २४ बलमा ३३ रनको योगदान दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।