काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा प्रसारण हुने कोरोना ब्रिफिङ अबदेखि हप्तामा दुई दिनमात्र गर्ने भएको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङकै क्रममा हप्ताको दुई दिन आइतबार र बुधबारमात्रै पहिलाकै समयमा प्रसारण हुने जनाएका हुन्।
उनले कोरोनासम्बन्धी तथ्यांक तथा जानकारीका लागि हरेक दिन साढे ४ बजे मन्त्रालयको वेबसाइट, फेसबुक, ट्वीटर, भाइबर, स्वास्थ्य मोबाइल एप्लिकेसनलगायतबाट कोरोनासम्बन्धी जानकारी लिन सकिने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।