काठमाडौं–स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा बराबरी खेलेको छ। पहिलो खेलमा पराजित भएको रियलले दोस्रो खेलमा मोन्चेनग्लावाचसँग २–२ गोलको बराबरी खेलेको हो।
घरेलु मैदानमा भएको खेलमा मोन्चेनग्लावाचका लागि मार्कुस थुरामले दुई गोल गरे। उता रियलका लागि करिम बेन्जिमा र कासिमिरोले एक–एक गोल गर्न सफल भए ।
खेलको ३३औँ मिनेटमा मार्कुसले गोल गर्दै मोन्चेनग्लावाचलाई अग्रता दिलाए। खेलको ५८औँ मिनेटमा मोन्चेनग्लावाचका लागि मार्कुसले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए।
८७औं मिनेटमा रियलका लागि बेन्जिमाले एक गोल फर्काउँदै टिमलाई बराबरीतर्फ लैजाने प्रयास गरे। खेलको इन्ज्युरी समयमा कासिमिरोले गोल गर्दै टिमलाई हारबाट जोगाए।
बराबरीसँगै मोन्चेनग्लावाचले दुई खेलबाट दुई अंक जोडेको छ । यता रियलको दुई खेलबाट एक अंक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।