काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) कर्णाली प्रदेशमा दसैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन हुने, आफूमाथिको अविश्वास प्रस्ताव असफल गराएपछि असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने मुख्यमन्त्री शाहीको तयारी । ( कर्णालीमा दसैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन हुने )
२) २४ घण्टायता थप १४ कोरोना संक्रमितको मृत्यु‚ ८७६ पुगे मृतक, काठमाडौं उपत्यकामा २५२ सहित ५७० जनामा संक्रमण, १ लाख ६० हजार चार सय पुगे संक्रमित । ( नेपालमा ८७६ पुगे मृतक )
३) लघुवित्त मर्जरको नीतिले पाएन सार्थकता, दुई वर्षमा १४ वटा संस्था विलय १६ वटा प्रक्रियामा, राष्ट्र बैंकको मर्जर प्याकेजमा संस्थाहरुको भएन आकर्षण । ( लघुवित्त मर्जरको नीतिले पाएन सार्थकता )
४) फ्रान्समा बनेका सामान नकिन्न टर्कीका राष्ट्रपतिको आह्वान, फ्रान्समा मुसलमानप्रति दमन भए विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि बढ्ने चेतावनी । ( फ्रान्सलाई टर्कीको चेतावनी )
५) र, जारी आइपिएलमा किङ्स इलेभेन पञ्जाबको लगातार पाँचौ जित, कोलकाता नाइट राइडर्स ८ विकेटले पराजित, पञ्जाबका लागि मन्दीप सिंहले र क्रिस गेलको अर्धसतक । ( किङ्स इलेभेन पञ्जाबको लगातार पाँचौ जित )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।