काठमाडौं- आइतबार देशभर २८१ जना आइसियु र ७१ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३० आइसियु र ७ जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती प्रदेशमा १७६ जना आइसियु र ५३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसिय् र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।
त्यसैगरी, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ।
आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।