काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा  एक लाख १८ हजार ८ सय ४३ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव ८ प्रतिशत रहेको छ। 
आज मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख ६ सय ९४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  
मन्त्रालयका अनुसार २ हजार ९ सय ३२ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ४० हजार ६ सय ६१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।