काठमाडौंं–किङ्स इलेभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै जारी आइपिएलमा लगातार पाँचौ जित हासिल गरेको छ।
सोमबार शारजहाँमा भएको खेलमा पञ्जाबले जितका लागि पाएको १५० रनको लक्ष्य १९ ओभरमा हासिल गरेको थियो। पञ्जाबका लागि मन्दीप सिंहले ६६ र क्रिस गेलले ५१ रन बनाए। पञ्जाबलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका क्रिस गेल म्यान अफ दि म्याच पनि भए।
जारी आइपिएलमा यो पञ्जाबको छैटौं जित हो भने कोलकाताको छैटौं हार हो। पञ्जाब १२ अंकका साथ अंक तालिकामा चौथो नम्बरमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।