काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ४१ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ४ हजार ५ छ। योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८६२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।