• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा विवाद : कर्णाली 'विद्राेह'मा दुई अध्यक्षको फरक-फरक निर्देशनपछि नेताहरु नै विभाजित

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १०, २०७७  ०९:००
1140x725

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि विवाद चर्किएको छ। पछिल्लो समय कर्णाली विद्रोहदेखि पर्साका मुकुश चौरसिया हत्यासम्म आईपुग्दा विवाद उत्कर्षमा पुगेको हो।

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कर्णाली विद्रोह साम्य पार्न अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँगको परामर्शपछि गत असोज २९ गते पत्र लेखेर त्यहाँका पार्टी पदाधिकारीलाई काठमाडौं आउन निर्देशन दिए। लगत्तै विद्रोहमा सहभागी पक्ष र विपक्ष काठमाडौं आए। 

अध्यक्षद्वयले कर्णाली विद्रोहमा सहभागी नेतासँग छुट्टाछुट्टै आफ्नै निवासमा छलफल गरे। कर्णाली विद्रोहको समाधानको बाटो पहिल्याउन दुई अध्यक्षले तीन दिनसम्म घण्टौं परामर्श गरे।  तर, दुई अध्यक्षको छलफलबाट सहमति हुन नसकेपछि गत कात्तिक ४ गते एक्कासी प्रधानमन्त्रीले सचिवालयमार्फत् चार बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरे। लगत्तै अर्का अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवादमा कुनै सहमति नभएको भन्दै प्रधानमन्त्रीको खण्डन गर्‍यो। 

कर्णाली विवादमा ओलीले दिएको चार बुदे सहमतिको पत्र बोकेर सांसद यामलाल कँडेल सुर्खेत पुगे। गत कात्तिक ७ गते प्रचण्डपक्षीय मानिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अविश्वासको प्रस्ताव फेल गराए। तर, कँडेल पक्षले अध्यक्ष ओलीले दिएको पत्रलाई आधार बनाई विवाद सल्टाउनु पर्ने अडान राखिरहेको छ। 

तर, फेरि अध्यक्ष प्रचण्डले कात्तिक ७ गते नै अर्को विज्ञप्ति जारी गर्दै कर्णालीको विवाद कर्णालीकै नेताहरुले मिलाउनु पर्ने बताए। दुवै अध्यक्षले आ–आफ्ना विज्ञप्तिमार्फत् फरक÷फरक निर्देशन दिए। ओलीले मुुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्ताव फिर्ता लिने, निलम्बित प्रमुख सचेतक गुलावजंङ शाहलाई पुनर्बहाली गर्नुपर्ने, सीताकुमारी नेपालीलाई सचेतकमा फिर्ता गर्नुपर्ने र अरु पार्टी सहमति र समझदारी अनुसार गर्नुपर्ने भनियो । तर, प्रचण्डले त्यसको ठीकविपरीत त्यो विवाद सबै प्रदेश कमिटीलाई मिलाउन निर्देशन दिए। दुई अध्यक्षवीच चार बुँदे सहमति भएको विषयमा प्रचण्डले केही उल्लेख नै गरेका छैनन् । 

Ncell 2
Ncell 2
nimb
nimb

कर्णाली विवादमा दुई अध्यक्षको फरक–फरक निर्देशनपछि नेताहरु नै विभाजित भएका छन्। एकपक्षले प्रचण्डको निर्देशन बोकेर सोहीअनुसार वकालत गर्दै आएको छ भने अर्को पक्षले ओलीको निर्देशनको वकालत गरिरहेको छ। अब प्रचण्डपक्षीय मानिने मुख्यमन्त्री शाहीले दशैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । कँडेल पक्षले त्यसको निरन्तर विरोध गर्दै आएको छ ।  कर्णाली विवादमा दुई अध्यक्ष विभाजित भएपछि विवाद थप चर्किने देखिएको छ । 

यस्तै प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग भेटेको विषयमा आफ्नै पार्टीका नेताहरुले चर्को विरोध गर्दै आएका छन्।  भारतीय गुप्तचर प्रमुलाई प्रधानमन्त्रीले निवासमै बोलाउनु उचित नभएको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् विरोध गरे। प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालय र पार्टीमा परामर्श नगरी भारतीय गुप्तचर प्रमुखलाई भेटेर राष्ट्रियता नै कमजोर भएको श्रेष्ठको ठहर छ। 

प्रधानमन्त्रीले गुप्तचर प्रमुखलाई भेटेको विषयमा श्रेष्ठ मात्रै नभई पार्टीका अरु नेताहरुले समेत चर्को विरोध जनाएका छन्। प्रधानमन्त्रीलगायत उनी पक्षका नेताहरुले भेटघाट सामान्य भएको भन्दै सामन्यीकरण गरेका छन् । तर, अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरुले प्रधानमन्त्रीको चर्को विरोध गरेका छन् । गुप्तचर प्रमुख भेटेको विषयलाई भने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल खण्डन गरिसकेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै गत ६ कात्तिकमा पर्साका मुकुश चौरसियाको पार्टीको सपथ कार्यक्रममा झडप हँुदा हत्या भयो । विन्दबासिनी गाउँपालिका सचिव समेत रहेका चौरसियाको दोहोरो झडपमा हत्या भयो। चौरसियाको हत्या भएपछि स्थायी कमिटी सदस्य मातृका यादवले कारबाही गर्न भन्दै पर्सामा तीनदिनसम्म सडक आन्दोलन नै गरे । चौरसिया हत्यामा राजकुमार गुप्ताको संलग्नता भएको भन्दै प्रहरीलाई किटानी जाहेरीसमेत दिए । तर, जिल्ला प्रहरी कार्यालय पर्साले यादवले दिएको किटानी जाहेरी लिनै मानेन। 

 चौरसियालाई अर्का अध्यक्ष ओली पक्षका नेताहरुले हत्या गरेको भन्दै पार्टीमा विवाद चर्किएको छ।  आफ्नो पक्षका नेताहरुलाई नसमेटेको भन्दै ओली पक्षका नेता राजकुमार गुप्ताले हत्या गराएको प्रचण्ड पक्षका नेताहरुले आरोप छ । फेरि अध्यक्ष प्रचण्डले आईतबार प्रचण्डले एक विज्ञप्ती जारी गर्दै चौरसियाका हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् । तर, ओली पक्षका नेताहरुले चौरसिया हत्याको विषयमा सुनेको नसुन्यै गरेका छन् । 

पार्टीमा विवाद हुनु सामान्यजस्तै भएको स्थायी कमिटी सदस्य मणि थापाले बताए । ‘पार्टी भएपछि विवाद हुन्छ त्यसको समाधान हुन्छ’थापाले भने, ‘अहिले देखिएका समस्या छलफल गरेपछि विस्तारै हल हुदै जान्छन् ।’ अब पार्टी महाधिवेसनबाट नेतृत्व र विचारको छिनोफानो लगाउनु पर्ने थापाले बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने
सम्बन्धित सामग्री
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्