• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा विवाद : कर्णाली 'विद्राेह'मा दुई अध्यक्षको फरक-फरक निर्देशनपछि नेताहरु नै विभाजित

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १०, २०७७  ०९:००
1140x725

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि विवाद चर्किएको छ। पछिल्लो समय कर्णाली विद्रोहदेखि पर्साका मुकुश चौरसिया हत्यासम्म आईपुग्दा विवाद उत्कर्षमा पुगेको हो।

अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कर्णाली विद्रोह साम्य पार्न अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँगको परामर्शपछि गत असोज २९ गते पत्र लेखेर त्यहाँका पार्टी पदाधिकारीलाई काठमाडौं आउन निर्देशन दिए। लगत्तै विद्रोहमा सहभागी पक्ष र विपक्ष काठमाडौं आए। 

अध्यक्षद्वयले कर्णाली विद्रोहमा सहभागी नेतासँग छुट्टाछुट्टै आफ्नै निवासमा छलफल गरे। कर्णाली विद्रोहको समाधानको बाटो पहिल्याउन दुई अध्यक्षले तीन दिनसम्म घण्टौं परामर्श गरे।  तर, दुई अध्यक्षको छलफलबाट सहमति हुन नसकेपछि गत कात्तिक ४ गते एक्कासी प्रधानमन्त्रीले सचिवालयमार्फत् चार बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरे। लगत्तै अर्का अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवादमा कुनै सहमति नभएको भन्दै प्रधानमन्त्रीको खण्डन गर्‍यो। 

कर्णाली विवादमा ओलीले दिएको चार बुदे सहमतिको पत्र बोकेर सांसद यामलाल कँडेल सुर्खेत पुगे। गत कात्तिक ७ गते प्रचण्डपक्षीय मानिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अविश्वासको प्रस्ताव फेल गराए। तर, कँडेल पक्षले अध्यक्ष ओलीले दिएको पत्रलाई आधार बनाई विवाद सल्टाउनु पर्ने अडान राखिरहेको छ। 

तर, फेरि अध्यक्ष प्रचण्डले कात्तिक ७ गते नै अर्को विज्ञप्ति जारी गर्दै कर्णालीको विवाद कर्णालीकै नेताहरुले मिलाउनु पर्ने बताए। दुवै अध्यक्षले आ–आफ्ना विज्ञप्तिमार्फत् फरक÷फरक निर्देशन दिए। ओलीले मुुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्ताव फिर्ता लिने, निलम्बित प्रमुख सचेतक गुलावजंङ शाहलाई पुनर्बहाली गर्नुपर्ने, सीताकुमारी नेपालीलाई सचेतकमा फिर्ता गर्नुपर्ने र अरु पार्टी सहमति र समझदारी अनुसार गर्नुपर्ने भनियो । तर, प्रचण्डले त्यसको ठीकविपरीत त्यो विवाद सबै प्रदेश कमिटीलाई मिलाउन निर्देशन दिए। दुई अध्यक्षवीच चार बुँदे सहमति भएको विषयमा प्रचण्डले केही उल्लेख नै गरेका छैनन् । 

Ncell 2
Ncell 2
nimb
nimb

कर्णाली विवादमा दुई अध्यक्षको फरक–फरक निर्देशनपछि नेताहरु नै विभाजित भएका छन्। एकपक्षले प्रचण्डको निर्देशन बोकेर सोहीअनुसार वकालत गर्दै आएको छ भने अर्को पक्षले ओलीको निर्देशनको वकालत गरिरहेको छ। अब प्रचण्डपक्षीय मानिने मुख्यमन्त्री शाहीले दशैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । कँडेल पक्षले त्यसको निरन्तर विरोध गर्दै आएको छ ।  कर्णाली विवादमा दुई अध्यक्ष विभाजित भएपछि विवाद थप चर्किने देखिएको छ । 

यस्तै प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग भेटेको विषयमा आफ्नै पार्टीका नेताहरुले चर्को विरोध गर्दै आएका छन्।  भारतीय गुप्तचर प्रमुलाई प्रधानमन्त्रीले निवासमै बोलाउनु उचित नभएको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् विरोध गरे। प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालय र पार्टीमा परामर्श नगरी भारतीय गुप्तचर प्रमुखलाई भेटेर राष्ट्रियता नै कमजोर भएको श्रेष्ठको ठहर छ। 

प्रधानमन्त्रीले गुप्तचर प्रमुखलाई भेटेको विषयमा श्रेष्ठ मात्रै नभई पार्टीका अरु नेताहरुले समेत चर्को विरोध जनाएका छन्। प्रधानमन्त्रीलगायत उनी पक्षका नेताहरुले भेटघाट सामान्य भएको भन्दै सामन्यीकरण गरेका छन् । तर, अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरुले प्रधानमन्त्रीको चर्को विरोध गरेका छन् । गुप्तचर प्रमुख भेटेको विषयलाई भने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल खण्डन गरिसकेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै गत ६ कात्तिकमा पर्साका मुकुश चौरसियाको पार्टीको सपथ कार्यक्रममा झडप हँुदा हत्या भयो । विन्दबासिनी गाउँपालिका सचिव समेत रहेका चौरसियाको दोहोरो झडपमा हत्या भयो। चौरसियाको हत्या भएपछि स्थायी कमिटी सदस्य मातृका यादवले कारबाही गर्न भन्दै पर्सामा तीनदिनसम्म सडक आन्दोलन नै गरे । चौरसिया हत्यामा राजकुमार गुप्ताको संलग्नता भएको भन्दै प्रहरीलाई किटानी जाहेरीसमेत दिए । तर, जिल्ला प्रहरी कार्यालय पर्साले यादवले दिएको किटानी जाहेरी लिनै मानेन। 

 चौरसियालाई अर्का अध्यक्ष ओली पक्षका नेताहरुले हत्या गरेको भन्दै पार्टीमा विवाद चर्किएको छ।  आफ्नो पक्षका नेताहरुलाई नसमेटेको भन्दै ओली पक्षका नेता राजकुमार गुप्ताले हत्या गराएको प्रचण्ड पक्षका नेताहरुले आरोप छ । फेरि अध्यक्ष प्रचण्डले आईतबार प्रचण्डले एक विज्ञप्ती जारी गर्दै चौरसियाका हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् । तर, ओली पक्षका नेताहरुले चौरसिया हत्याको विषयमा सुनेको नसुन्यै गरेका छन् । 

पार्टीमा विवाद हुनु सामान्यजस्तै भएको स्थायी कमिटी सदस्य मणि थापाले बताए । ‘पार्टी भएपछि विवाद हुन्छ त्यसको समाधान हुन्छ’थापाले भने, ‘अहिले देखिएका समस्या छलफल गरेपछि विस्तारै हल हुदै जान्छन् ।’ अब पार्टी महाधिवेसनबाट नेतृत्व र विचारको छिनोफानो लगाउनु पर्ने थापाले बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत सरकारले प्रभावित परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक राहत उपलब्ध गराउनेदेखि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर... शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नु उचित हुने उनको भनाई थियो । शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सपथ भने दशैं लगत्तै हुने बताइएको छ । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्