काठमाडौं- नविल बैंक लिमिटेडका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ह्याम्स हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
पौडेल नबिल बैंकमा २०४२ सालदेखि संचालक समितिमा थिए। पौडेलको पदावधि सकिएपछि केही समयअघि मात्रै बैंकबाट बाहिरिएका थिए। डिल्ली बजारमा पौडेल अध्यक्ष हुँदा दैनिक रुपमा नबिल बैंक आउने गर्थे।
(यसअघि गलत तस्बिर पर्न गएकोमा माफी चाहन्छौं।)
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।