काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत थापा आइतबार डिस्चार्ज भएका हुन्।
अस्पतालबाट घर फर्किएलगत्तै उनले भनेका छन्‚ ‘आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह,सद्भाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता निवेदन गर्दछु।
ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा विशेष आभारी छु।’
असोज २८ गते अध्यक्ष थापालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। ज्वरोको लक्षण देखिएपछि पिसिआर गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी होम आइसोलेसनमा बसेका थिए।
तर स्वास्थ्यमा थप समस्या देखिएपछि उनी असोज ३० गते ओम अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।