काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ११ हजार ६७० जना निको भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७० दशमलब ६ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार देशभर १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ९३ हजार १ सय ७३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ हजार ६४ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४५ हजार ५७२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।