काठमाडौं–सुनसरीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित भएको इनरुवास्थित स्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा २ महिला र २ पुरुष छन्।
धरान–१७ की ६२ वर्षीया महिला, धरान–१५ बाझगराकी ५६ वर्षीया महिला, धरान–१३ का ५३ वर्षीय पुरुष,बराहक्षेत्र –१० का ४२ वर्षीय पुरुषको ज्यान गएको छ।
शनिबार मृत्यु भएका ४ जनामध्ये धरान १७ की महिला र बराह १० का पुरुषमा अन्य रोग पनि थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।