काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ।
युएईको अबुधावीमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनाएको थियो।
कोलकाताका नितिश राना र सुनिल नारिनले अर्धशतक बनाए। नितिशले ५३ बलमा ५१ रन बनाए भने सुनिलले ३२ बलमा ६४ रन बनाए। यस्तै कप्तान इयान माेर्गनले १७ र राहुल त्रिपाठीले १३ रन बनाए।
१ सय ९५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि कप्तान श्रेयश यय्यरले ४७ रन, ऋषभ पन्तले २७ रन र रविचन्द्रन अश्विनले १४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
दिल्लीमाथि जित निकाल्न कोलकात्ताका वरुण चक्रवर्तीले पाँच, प्याट कमिन्सले तीन र लोकी फर्गुसनले एक विकेट लिए।
दिल्लीले नेपालका खेलाडी सन्दिप लामिछानेलाई आजकाे खेलमा बेञ्चमा राखेकाे थियाे । याे सिजनमा उनले कुनै खेल खेलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।