काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१ ) नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या पुग्यो ८ सय ४२, देशभर २ हजार २ सय २५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार १०१ (कोरोना कहर)
२) नेपालमा प्रशारण हुने विदेशी च्यानलमा क्लिन फिड नियम लागू, अधिकांश विदेशी च्यानल बन्द, नेपाली दर्शकले आइपिएल र इपिएल पनि हेर्न नपाउने (क्लिन फिड कार्यान्वयन)
३) कर्णाली प्रदेशमा उत्पन्न विवादले केन्द्रमा समेत चिरा पार्ने संकेत, मुख्यमन्त्री शाहीलाई ओली र प्रचण्डको बेग्लाबेग्लै पत्र, पूर्व प्रमुख सचेतकलाई गरिएको कारबाही फिर्ता लिन प्रधानमन्त्री ओलीको निर्देशन (कर्णाली कलह)
४) चुनाव आउन अब दस दिन बाँकी रहँदै झण्डै ५० मिलियन अमेरिकनद्वारा मतदान, टेक्सासमा सबैभन्दा धेरै ५९ लाखले गरे मतदान, कोरोना कहरका कारण अर्ली भोटिङ गर्नेको संख्या बढ्दो ( चुनावअघि नै मतदान)
५) र, डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सको इन्डियन प्रिमियर लिगमा १० विकेटको रवाफिलो जित, फेरि उक्लियो अंक तालिकाको शिर्ष स्थानमा, हारसँगै उपविजेता चेन्नइ सुपर किंग्स सवैभन्दा पुछारमा (मुम्बइको दबदबा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।