काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) संक्रमित हुने सबै नागरिकको परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, उपचार शुल्क तिर्न नसक्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचार हुने (सरकारको आश्वासन)
२) पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या पुग्यो ८ सय २९, ४ हजार ४ सय ९९ संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ (कोरोना कहर)
३) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध संसदीय दलमा दर्ता अविश्वास प्रस्ताव अस्वीकृत, तर बैठकमा केपी ओली पक्षका सांसदहरु अनुपस्थित (कर्णाली कलह)
४) अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिदै गर्दा बहस तीव्र, कोरोनाबाट २ लाख भन्दा बढीको मृत्यु भएकाले ट्रम्पलाई चुनावका लागि अयोग्य घोषणा गर्न जो बाइडेनको माग ( नेतृत्वका लागि आम्नेसाम्ने)
५) र, इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएसँगै प्लेअफको सम्भावना कायम, ८ अंकसहित पाँचौं नम्बरमा उक्लियो (हैदराबाद हाबी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।