काठमाडौं- राष्ट्रपति विद्यादेवि भण्डारीले यो वर्षको दसैँमा टिका र जमरा नलगाउने र शक्तीपिठ दर्शन नगर्ने निर्णय गरेकी छन्। राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै यसको जानकारी दिएको हो।
शितल निवासले एक सूचना जारी गर्दै कोरोना महामारीका कारण यो वर्षको टिका नलगाउने निर्णय गरिएको जनाएको छ। ‘यस वर्ष कोभिड- १९ को अवस्थालाई मध्यनजर गरी उक्त कार्यक्रमहरू नहुने व्यहोरा अनुरोध गर्दछौं‚’ राष्ट्रपति निवासले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।