काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ जना निको भएका छन्।
शुक्रबार देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८२९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।