काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
एन्फा अध्यक्ष शेर्पाले बिहीबार आफूलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
'आजको पिसिआर रिपोर्ट पोजेटिभ देखिएकोले विगत केही दिनबाट मेरो सम्पर्कमा आउनु भएका सबैमा सचेत रहन आग्रह गर्दछु,' उनले फेसबुकमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।