काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रूपमा गर्दै आएको कोरोना मिडिया ब्रिफिङ बन्द गर्ने भएको छ। दसैँको बिदाका समयमा मन्त्रालयले मिडिया ब्रिफिङ बन्द गर्न लागेको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारदेखि मंगलबारसम्म कोरोनाको दैनिक मिडिया ब्रिफिङ नगर्ने जानकारी दिएका हुन्। तर मन्त्रालयले सार्वजनिक गर्ने कोरोना संक्रमितलगायतको तथ्यांक भने वेवबाइट फेसबुक पेजमा सार्वजनिक गरिने उनले जानकारी दिए।
नेपालमा कोरोना संक्रमण सुरु भएयता दैनिक मिडिया ब्रिफिङ बन्द हुन लागेको यो पहिलो पटक हो। तत्कालीन स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले सुरु गरेको मिडिया ब्रिफिङलाई डा गौतमले निरन्तरता दिँदै आएका थिए।
आगामी बुधबारदेखि भने फरक रूपमा मिडिया ब्रिफिङ संचालन गर्ने प्रवक्ता गौतमले बताए।
नेपालमा हालसम्म १ लाख ४८ हजार ५०९ जना संक्रमित देखिएका छन् भने कुल संक्रमितको ६९.२ प्रतिशत निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।