फाइल तस्बिर
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
हाल देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
आज देशभर १५ हजार २५५ जनाको स्वाब परीक्षण भएको छ।
२४ घण्टामा काठमाडौं उपत्यकामा जनामा १५५२ कोरोना संक्रमण देखिएको छ।
काठमाडौंमा १२८३ जना, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।