काठमाडौं- पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा र उनकी श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार दिउँसो ट्विट गर्दै बाँस्कोटाले आफू र श्रीमतीलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका हुन्। बाँस्कोटाले आफूमा कुनै लक्षण नभएको तर श्रीमती मानन्धरमा भने लक्षणसहित संक्रमण पुष्टि भएको बताएका छन्।
तर उनका दुवै छोराहरूमा भने कोरोना संक्रमण नदेखिएको ट्विटमा उल्लेख छ।
'मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाैँ,' बाँस्कोटाको ट्विटमा लेखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।