काठमाडौं- दसैँ अगाडि ५० अंकको सुधारसहित सेयर बजार बन्द भएको छ। लगानीकर्ताले दसैँका लागि खर्च तथा करको जोहो पछि सुधार हुन थालेको सेयर बजार एक सातामै ५० अंकको सुधार भएको हो।
सबैभन्दा धेरै जलविद्युत कम्पनीको मूल्यमा सुधार आएको छ। दसैँपछि सेयर बजारले एक तहको उचाइलिने हल्ला सँगै दसैँ अगाडि सेयर बजारमा सुधार आएको हो। दोस्रो बजारमा क्रमैसँग विभिन्न सूचक वृद्धि हुने क्रम जारी छ।
बजार सुधार हुने सुरुवाती अवस्थामा बीमा कम्पनीमा अत्यधिक सुधार आएको थियो। त्यसपछि लघुवित्त वित्तीय संस्था हुँदा बैंकिङ सूचकमा सुधार आएसँगै समग्र नेप्से सूचक नै १६ सय अंकभन्दा माथि पुगेको छ।
पछिल्लो समय सबैभन्दा तल्लो बिन्दुमा रहेका जलविद्युत कम्पनीको सूचकमा उछाल आइरहेको छ। जलविद्युतको सूचकमा आएको उछालका कारण नेप्से सूचक १६ सय अंक भन्दा माथि पुगिसकेको छ।
साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ८.५४ अंकको सुधार सहित बन्द भएको छ। नेप्से सूचक ०.५३ प्रतिशतले सुधार भएर १६०६.२५ अंकमा रोकिएको छ।
जम्मा १८७ वटा कम्पनीको कारोबार हुँदा एक अर्ब ९९ करोड रुपैयाँको खरिद बिक्री भएको छ। होटल हाइड्रोपावर जीवन बीमा र म्युचुअल फन्डको सूचक घटेपनि बाँकी सूचकमा सुधार आएको छ। बैंकको सूचकमा आएको सुधारका कारण नेप्से सूचकमा उल्लेख्य सुधार आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।